Like us!
Follow us!
Connect us!
Watch us!

युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, ११ : ३४ मा प्रकाशित

युवतीलाई बन्धक बनाएर जबर्जस्ती करणीको आरोपमा दुई युवक पक्राउ

नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबर्जस्ती करणी गरेकाे आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । 

धनुषाको विदेह नगरपालिका-४ ढाडीका ३० वर्षीय जितेन्द्रकुमार महरा र सोही ठाउँका  ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबर्जस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको अधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जितेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको