Like us!
Follow us!
Connect us!
Watch us!

बजार बलियो सपोर्ट नजिक, लगानीकर्ताले ध्यान दिएर हेर्नुपर्ने विन्दु २५५५

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १६ : १५ मा प्रकाशित

बजार बलियो सपोर्ट नजिक, लगानीकर्ताले ध्यान दिएर हेर्नुपर्ने विन्दु २५५५

नेप्सेको चार्टमा आज बियरिस मारुबोजु क्यान्डल बनेको छ । बजारले २६०३ को सपोर्ट लेभललाइ ब्रेक गरेपछि बजार घटेर २५८४ मा क्लोजिंग दिएको छ।  बजारमा बियरिस मारुबोजु क्यान्डल बन्दै गर्दा हिजोको तुलनामा कारोबार रकम पनि बढेको छ।  हिजो अस्तिसम्म २६०० को बिन्दुलाई सपोर्ट बनाएर बजार माथि जान्छ कि जादैन भनेर बसेका  लगानीकर्ताहरुले बजार २६०० भन्दा तल खस्न थालेपछि तिब्र रुपमा सेयर बेच्ने क्रम बढाउँदा बजार करिब ४७ अंकले झरेर बन्द भएको छ।  

कस्तो देखियो बजार ?

आज बजार सुरुमा बढेको थियो।  करिब २६४३ अङ्कसम्म पुगेर बजार खस्न थाल्यो।  सुरुवाती घण्टाहरुमा कारोबार रकम पनि खासै धेरै थिएन।  अन्तिम १ घन्टाको अवधिमा भोलुम पनि ह्वात्तै बढेको देखिन्छ।  अन्तिम घण्टाहरुमा बजार घट्दै जाँदा कारोबार रकम बढ्नुले बजार अझै घटेर जाने संकेत गर्दछ।  

अर्को दृष्टिकोणबाट हेर्दा तल चार्ट्मा देखिए झैं १ घन्टे चार्ट प्याटर्नबाट हेर्दा बजार एउटा प्राइस च्यानलमा घुमिरहेको छ।  बजार बढ्दै जाँदा रेसिस्टेन्स लाइनलाइ ब्रेक गर्न नसक्ने र घट्दै जाँदा सपोर्ट लाइनबाट माथितिर फर्किने क्रम लगातार चलिरहेको छ।  यसरि हेर्दा २५५५ तिरको विन्दुमा सपोर्ट रहेको देख्न सकिन्छ।  फ़िबोनासि रिट्रेश्मेण्ट लगाएर हेर्दा करिब २५६७ को बिन्दुतिर ०.७८६ को लेभल रहेको छ, जसले एउटा बलियो सपोर्टको काम गर्न सक्ने देखिन्छ।।

हाम्रा यसअघिका विश्लेषणहरुमा हामीले भनेझै बजारले २६०० को सपोर्ट लाइनलाई ब्रेक गरिसकेपछिको अबको अर्को आशा भनेको २५५५ को विन्दु रहेको छ।  लगानीकर्ताले विशेष गरि ध्यान दिएर हेर्नुपर्ने सपोर्ट विन्दु भनेको  २५५५ र बजार बढ्दो क्रममा जाँदै गर्दा हेर्नुपर्ने रेसिस्टेन्सको विन्दु भनेको २६१० को विन्दु हुनेछ।  

61a8a069dd515.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको