Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको सेवा अवरूद्ध हुनुकाे कारण प्राविधिक समस्या

अर्थ संसार

बुधबार, ०४ माघ २०७९, १७ : ११ मा प्रकाशित

नेपाल टेलिकमको सेवा अवरूद्ध हुनुकाे कारण प्राविधिक समस्या

हिजाे माघ ३ गते करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको थियो ।

समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहकहरुले असजिलोपन व्यहोर्नुपरेकाे टेलिकमले जनाएकाे छ । यसरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमाप्रार्थी जनाएकाे छ ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने टेलिकम बताउँछ । "सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ । साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूर्ण ग्राहक महानुभावहरुमा अनुरोध गर्दछ ।", टेलिकमकाे विज्ञप्तिमा उल्लेख छ ।   


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको