Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १६ : ४८ मा प्रकाशित

एक अर्बले बढ्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

२ दिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै बढेको हाे ।

मंसिर १५ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले बढेकाे हाे । मंसिर १४ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ ।  बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले बढेर ४० खर्ब ६७ अर्ब रुपैयाँ पुगेकाे छ । मंसिर १४ गतेसम्म वाणिज्य बैंकहरूले ४० खर्ब ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकहरूकाे सीडी रेसियो बढेकाे छ । मंसिर १४ गते औसतमा ९०.८५ प्रतिशत रहेको सीडी रेसियो मंसिर १५ गतेसम्ममा बढेर ९०.८८ प्रतिशत पुगको छ। 

61a8a884a2bf0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको