Like us!
Follow us!
Connect us!
Watch us!

पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १४ : १३ मा प्रकाशित

पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ९६ कराेड रूपैयाँ बराबरकाे ९६ लाख कित्ता आईपीओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेकाे छ । 

उक्त सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा सानिमा क्यापिटल रहेको छ ।

सम्झौता पत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतका अधिकारी उपस्थित रहेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको