Like us!
Follow us!
Connect us!
Watch us!

बढ्दो तरलता संकटः कर्मचारीलाई मुद्दती निक्षेप संकलनमा दबाब दिँदै बैंकहरु

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १२ : ३१ मा प्रकाशित

बढ्दो तरलता संकटः कर्मचारीलाई मुद्दती निक्षेप संकलनमा दबाब दिँदै बैंकहरु

पछिल्लो समय नेपालमा तरलताको संकट अत्याधि देखिएको छ । असार पछि सुरु हुनुपर्ने विकास खर्च अहिले सम्म ५ प्रतिशत पनि नहुनु र कोभिडका कारण करिब २ बर्ष देखि ठप्प अन्य व्यवसायहरु पनि सुरु हुनाले मुख्य रुपमा तरलता संकट देखा परेको जानकारहरु बताउछन् । 

तरलता संकटको समाधानका लागि सरकारले विभिन्न उपाय अबलम्बन गरेपनि अहिले सम्म यो समस्या समाधान उन्मुख भने नदेखिएको जानकारहरु बताउछन् । नेपाल राष्ट्र बैंकले बेला बेलामा रिपो मार्फत बजारमा रकम पठाउने गरेको छ तर बजारमा जुन मात्रामा कर्जाको माग आईहेको छ त्यसको अनुपातामा राष्ट्र बैंकले जारि गर्ने रिपोहरु एकदमै कम रहेको जानकारहरु बताउछन् । 

अहिले तरलताको समस्या समाधानकै लागि भनेर नेपाल राष्ट्र बैंकले विभिन्न शर्तहरु सहित नेपालका वित्तिय संस्थाहरुले गैर आवासीय नेपालीहरु र उनिहरु संलग्न संथाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्नसकिने गरी हालको व्यबस्थालाई संसोधन समेत गरेको छ । त्यस्तै सरकारले यसअघि स्थानिय तहमा जाने बजेटको ५० प्रतिशत हिस्सा मात्र निक्षेपका रुपमा स्विकार गर्न सकिने व्यवस्थालाई परिमार्जन गर्दै अब स्थानिय तहमा जाने बजेटको ७५ प्रतिशत हिस्साई निक्षेपका रुपमा स्विकार गर्ने प्रक्रिया अघि बढेको छ ।  

यसरी विभिन्न निकायअरु अहिले बैंकहरुमा देखिएको तरलताको समस्या समाधानका लागि भन्दै बैंकहरुले आफ्ना कर्मचारीहरुलाई मुद्दती निक्षेप संकलनका लागि दवाव दिइरहेको पाइएको छ । “अहिले निक्षेपको तुलनाम अत्याधिक बढि कर्जा माग भइरहेको छ यस्तो अवस्थामा व्यवस्थापबाट हामीलाई जहाँबाट जति सकिन्छ त्यति निक्षेप संकलन गर्न भन्दै दबाव आइरहेको छ” एक वाणिज्य बंैंकमा कार्यरत कर्मचारीले भने ।  

नेपालमा यस अघि पनि विभिन्न समयमा तरलताको संकट देखा परेको थियो तर यो पटक भने परिस्थिती भिन्न देखिएको बैंकका कर्मचारीहरु बताउछन् । नाम उल्लेख नगर्ने सर्तमा अर्थसंसारसंगको कुराकानीमा एक कर्मचारीले भने “मैले बैंकमा काम गरेको करिब २० बर्ष हुन थाल्यो तर अहिलेसम्म बैंकले टार्गेट दिएर नै मुद्दती निक्षेप संकलन गर्न लगाएको थाहा थिएन तर यो पटक विभिन्न बैंकहरुले कर्मचारीहरुलाई टार्गेट नै दिएर निक्षेप संकलनका लागि दबाव र्सिजना गरिरहेका छन् ।”  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको