Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १० : ३४ मा प्रकाशित

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ ।

आगामी छ/ सात महीनाभित्र आयोजनाबाट १४ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुनेछ । बाढी पहिरो, भूकम्प, कोभिड संक्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको बताइएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युतगृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

उनले ४२ दशमलव ५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समेत शनिवार स्थलगत निरीक्षण गरेका थिए । ती दुई आयोजनाले भने एक वर्षभित्र विद्युत् उत्पादन गर्ने बताइएको छ ।     

ती आयोजनाको अधिकांश निर्माण पूरा भइसकेका अवस्थामा कोभिडको कारण दर्शाउँदै उपकरण जडान गर्ने ठेकेदार कम्पनीले आलटाल गरिरहेका थिए । सो अवसरमा कार्यकारी निर्देशक घिसिङ छिटो काम सम्पन्न गराउन ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए ।

माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट ती तीन ओटा जलविद्युत् आयोजना सन् २०१३ बाट निर्माण शुरू भएको हो । चिलिमे जलविद्युत् कम्पनीअन्तर्गत भगिनीका रूपमा स्थापित साञ्जेन तथा रसुवागढी जलविद्युत् कम्पनीमार्फत यी आयोजना निर्माणाधीन छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको