राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने बताएका छन् ।
हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी अन्ततः राजीनामा दिने तयारीमा पुगेका हुन् । महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिने लागेको अभिषेकले बताए ।
‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षड्यन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्ूयबाट राजीनामा दिने तयारीमा छु’, उनले न्युज कारखानासँग भने ।
अध्यक्षमा काका कमल थापा पराजित भएपछि उनले सदस्यबाट राजीनामा दिन लागेका हुन् । थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस