Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको एकै साथ थप ५ वटा शाखाको उद्घाटन

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १६ : १२ मा प्रकाशित

लुम्बिनी विकास बैंकको एकै साथ थप ५ वटा शाखाको उद्घाटन

लुम्बिनी विकास बैंक लिमिटेडले देशका विभिन्न ठाउँमा रहेका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले आज (मंसिर १९ गते) देखि थप पाँच शाखाहरुको उद्घाटन गरेको छ ।

नयाँ खोलिएका शाखाहरुमा ७३औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ०६ नयाँ बानेश्वर चोकस्थित नयाँ बानेश्वर शाखा काठमाडौं, ७४औँ शाखाको रुपमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ०५  स्थित मणिग्राम शाखा रुपन्देही, ७५ औँ शाखाको रुपमा नवलपरासी जिल्ला बर्दघाट नगरपालिका वडा नं. ०४,  बर्दघाट शाखा नवलपरासी, ७६ औँ शाखाको रुपमा दाङ्ग जिल्ला घोराही उप – महानगरपालिका वडा नं. १५ बि.पि. चोक स्थित घोराही शाखा दाङ्ग र ७७ औँ शाखाको रुपमा बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोक स्थित कोहलपुर शाखा रहेका छन् । 

हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७७ वटा शाखाहरु मार्फत ७७ अर्बको व्यबसाय गरिरहेको छ ।  

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका  ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको