Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, ०६ : ३४ मा प्रकाशित

नेपाल बैंकको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल बैंक लिमिटेडको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको मंसिर ९ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ६२ औँ वार्षिक साधारण सभा पौष २ गते, शुक्रबार नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको