Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले “कामना सेवा फुटसल कप २०२१” को आयोजना गर्दै

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १२ : ४६ मा प्रकाशित

कामना सेवाले “कामना सेवा फुटसल कप २०२१” को आयोजना गर्दै

“स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क” भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रो हप्ता पहिलो “Kamana Sewa Futsal Cup 2021“ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताकोे आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

सो प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (ANFA) फुटसल कमिटिमा रहनेछ । प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ ।
 
संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रवर्द्धन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले बताएका छन् ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको