Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा मिडिल तमोरले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने मुख्य एजेन्डा

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, ११ : २८ मा प्रकाशित

सानिमा मिडिल तमोरले डाक्याे साधारण सभा, आईपीओ निष्कासन गर्ने मुख्य एजेन्डा

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे मंसिर १५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे छैठाैँ वार्षिक साधारण सभा पाैष १४ गते, बुधबार अकामा हाेटल, धुम्बाराही, काठमाडाैँ र विद्युतीय माध्यम ZOOM APP मार्फत एकसाथ बिहान ११ बजेबाट सुरू हुनेछ ।  

कम्पनीको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने तथा यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभामा पारित गरिनेछ । कम्पनीको आईपीओबाट प्राप्त हुने कूल रकमको उपयोग सम्बन्धी वितीय योजना तथा रणनीति निर्धारण गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा-नाेक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिन आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने र सञ्चालक समितिद्वारा गठित उपसमितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61aef6499635d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको