Like us!
Follow us!
Connect us!
Watch us!

विराटनगर र पर्वतको विभिन्न स्थानमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १३ : ४५ मा प्रकाशित

विराटनगर र पर्वतको विभिन्न स्थानमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

युवा र विद्यार्थी माझ बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले विराटनगर र पर्वतको विभिन्न ६ स्थानमा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरको इर्डन वर्ग कलेजमा मंसिर २० गते सम्पन्न कार्यक्रममा स्नातक अन्तिम वर्षका ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो । क्याम्पस प्रमुख दिपेन्द्र कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र उपक्षेत्रिय प्रमुख हिरा निरौलाले प्रशिक्षण दिएका थिए । अभियानका जिल्ला अध्यक्ष खड्क नारायण उडावले सञ्चालन गरेको कार्यक्रममा केन्द्रिय सदस्य सरोज पौडेल र जिल्ला सदस्यहरुको उपस्थिति थियो । 

त्यसैगरी मंसिर १४ देखि १७ गतेसम्म पर्वत जिल्लाको सदरमुकाम र ग्रामिण भेगमा पनि युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सञ्चालन भएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पस कुस्मा, जनज्योती माध्यमिक विद्यालय ठानामौला फलेवास, पर्वत बहुमुखी क्याम्पस देवीस्थान फलेवास, मोदी पुस्तकालय देविस्थान फलेवास, भवानी विद्यापिठ फलेवास र युवा क्लव लिमिठाना फलेवासमा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पस प्रमुख र क्लव अध्यक्षको अध्यक्षता भएको तथा उक्त बीमा जागरण कार्यक्रममा ३० देखि ६० जनाको उपस्थिति थियो ।  कम्पनीका क्षेत्रिय प्रमुख जमुना आचार्यले प्रशिक्षण दिएको उक्त कार्यक्रम कम्पनीका कर्मचारी विनिता शर्मा अधिकारी र लक्ष्मण आचार्यले सञ्चालन गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको