Like us!
Follow us!
Connect us!
Watch us!

थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १४ : २७ मा प्रकाशित

थप २ कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दिए निवेदन

थप २ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएका छन् । सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण तथा स्थानिय र साञ्जेन जलविद्युतले स्थानियका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेका हुन् ।

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

त्यसैगरी, साञ्जेन जलविद्युतले स्थानियका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३६ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धककाे काम नागरिक लगानी काेषले गर्नेछ ।

61b0707bd718a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको