Like us!
Follow us!
Connect us!
Watch us!

आईपिओ जारी गर्ने पहिलो औषधि उत्पादक बन्दै एकर्ड फर्मास्युटिकल्स

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, १४ : ४९ मा प्रकाशित

आईपिओ जारी गर्ने पहिलो औषधि उत्पादक बन्दै एकर्ड फर्मास्युटिकल्स

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता साधारण सेयर (आईपिओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लाई नियुक्त गरेको छ । यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंगलबार सम्झौता भएको छ। काठमाण्डौको नक्सालस्थित क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा एकर्ड फर्मास्युटिकल्सका अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । 
 
अधिकृत पुँजी ६५ करोड रुपैयाँ र जारी पुँजी ४८ करोड रुपैयाँ रहेको फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौंको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुरको महालक्ष्मी नगरपालिका स्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ । 

नेपालका औषधी तथा औषधीजन्य सामाग््रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा वि.सं.२०७० सालमा प्रा.लि.का रुपमा स्थापनाभई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

WHO – cGMP को मापदण्ड तथा गाइड लाइन अनुरुप औषधी उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एबम् उत्पादन प्रक्रिया समेत सोही अनुरुप सुनिश्चित् गरिएको छ । कूल बिल्टअप एरिया ६०,००० वर्गफिट रहेको उद्योगको भवनबाट बिशिष्ट र बिभिन्न प्रकारका गुणस्तरीय औषधीहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्य सहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ । 

हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनीको रुपमा रहने निश्चित प्राय छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको