Like us!
Follow us!
Connect us!
Watch us!

सगरमाथा जलविद्युतले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १४ : ०८ मा प्रकाशित

सगरमाथा जलविद्युतले आईपीओ निष्कासन गर्ने

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे मंसिर २१ गते सम्पन्न सञ्चालक समिति बैठकको निर्णय बमोजिम कम्पनीको प्रथम वार्षिक साधारण सभा पाैष १४ गते बुधबार, कम्पनीको केन्द्रिय कार्यालय, अनामनगर, काठमाण्डौंमा बिहान ९:०० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीले प्रारम्भिक सेयर निष्कासन (IPO) जारी गर्नका लागि विद्युत नियमन आयोगबाट पुर्व स्विकृती लिने प्रस्ताव पारित गरिनेछ ।कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संसोधन गर्ने र प्रस्तावित संसोधनमा नियमनकारी निकायबाट कुनै फेर बदल वा सुझाव वा निर्देशन प्राप्त भएमा सोलाई सम्बोधनका लागि आवश्यक संसोधन समायोजन गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने, सञ्चालक समिति सदस्यहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b1bf1c9651a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको