Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

अर्थ संसार

विहीबार, २३ मंसिर २०७८, १७ : ०१ मा प्रकाशित

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्सका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ। 

नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीबीच सम्झौता भएको हो। 

यस सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । 

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपिराज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, टीएफसीपीसी प्रमुख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्सका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईँको उपस्थिति थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको