Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १० : ३६ मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे हिजाे मंसिर २३ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीकाे तेह्राैँ वार्षिक साधारण सभा पौष १९ गते, साेमबार, हाेटल हैरिसन प्यालेस, विराटनगरमा हुनेछ । 

सभामा कम्पनीकाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ९ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ८ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b2deb772ff0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको