Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफले डाक्यो विशेष साधारण सभा, मर्जर प्रस्ताव पारित हुँदै

अर्थ संसार

सोमबार, ०२ साउन २०७९, ११ : ५७ मा प्रकाशित

सूर्या लाइफले डाक्यो विशेष साधारण सभा, मर्जर प्रस्ताव पारित हुँदै

सूर्या लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार ३० गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको विशेष साधारण सभा श्रावण १९ गते, बिहीबार, होटेल हैरिसन प्यालेस बजरंगवलीमार्गमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सूर्या लाइफ र ज्योति लाइफबीचको मर्जर सम्बन्धी प्रस्तावहरू पारित गरिनेछ । यी दुई कम्पनीबीच असार १२ गते, आइतबार मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । असार १३ गतेदेखि नेप्सेमा दुवै कम्पनीको कारोबार रोक्का छ ।

विशेष साधारण सभाले मर्जर समितिबाट पेश भएका प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने एवंम सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समितिसमक्ष निवेदन दिने, कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरु नियुक्त गर्ने सिलसिलामा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य (डीडीए) गर्नका लागि सञ्चालक समितिबाट मूल्यांकनकर्ता नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने गरी भएको निर्णय अनुमोदन गर्ने, मर्जरसम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका विशेष प्रस्तावहरू पारित गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको