Like us!
Follow us!
Connect us!
Watch us!

२२ प्रतिशतले घट्यो सूर्या लाईफको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २३ माघ २०७८, १० : ३६ मा प्रकाशित

२२ प्रतिशतले घट्यो सूर्या लाईफको नाफा, प्रतिसेयर आम्दानी कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा गिरावट आएको छ ।

समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीको खुद नाफा २२.१७ प्रतिशतले घटेर १५ करोड ६६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २० करोड १२ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

पुष मसान्तसम्म कम्पनीको बीमा शुल्क भने ६.९६ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा २ अर्ब २८ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड ९० लाख ४ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जिवन बीमा कोषमा १२ अर्ब ५७ करोड १७ लाख ५० हजार रुपैयाँ र महाबिपत्ति कोषमा १६ करोड ३३ लाख १९ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ५३ पैसा रहेको छ भने कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ६३.९९ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको