Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियाले सूर्या लाइफकाे सेयर बेच्ने, मूल्य कति ?

अर्थ संसार

बुधबार, १९ माघ २०७८, १० : १५ मा प्रकाशित

एनआईसी एशियाले सूर्या लाइफकाे सेयर बेच्ने, मूल्य कति ?

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनी एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा कायम रहेको संस्थापक सेयरमध्ये केही सेयर बिक्री गर्ने भएकाे छ ।

बैंकले ८ हजार एक सय ५८ कित्ता सेयर बिक्री गर्न कम्पनीमा आवेदन दिएकोमा बीमकको संस्थापक सेयर कारोबार (खरिद/बिक्री) सम्बन्धी निर्देशिका, २०७७ बमोजिम संस्थापक शेयरधनीले संस्थापक सेयर हस्तान्तरण गर्दा विद्यमान संस्थापकहरुलाई नै प्राथमिकता दिनुपर्ने र निजहरुले खरिद नगरेमा प्रचलित कानुनको अधिनमा रही अन्य व्यक्ति/संस्थालाई उपयुक्तताको जाँच गरी सेयर बिक्री गर्न सकिनेछ भन्ने व्यवस्था भए अनुसार उक्त सेयरहरु खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, तेश्रो तल्ला सिद्धार्थ इन्स्योरेन्स भवन, बबरमहल, काठमाण्डौमा कार्यालय समयभित्र आफूले लिन चाहेको सेयर संख्या र दर उल्लेख गरी रितपूर्वकको शिलबन्दी बोलपत्र आह्वान गरिएको हाे ।

उक्त सेयरकाे न्यूनतम बिक्री मूल्य ३ सय ४ रूपैयाँ ताेकिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61fa0a9e487a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको