Like us!
Follow us!
Connect us!
Watch us!

अलफ्ट होटेलमा फुड फेस्टिभल 'फ्लेभर्स अफ कस्मिर', भारतीय राजदूतले उद्घाटन गर्ने

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १३ : २५ मा प्रकाशित

अलफ्ट होटेलमा फुड फेस्टिभल 'फ्लेभर्स अफ कस्मिर', भारतीय राजदूतले उद्घाटन गर्ने

अलफ्ट काठमाडौंले जाडो मौसमलाई ध्यानमा राख्दै 'फ्लेभर्स अफ कस्मिर' (कस्मिरको स्वाद) फुड फेस्टिभल आयोजना  गरेको छ । भारतिय चर्चित सेफ एवम् कस्मिरी खानाका गुडवील एम्बेस्डर सन्जे राइना र अलफ्टको कार्यकारी सेफ राजिभ श्रेष्ठले तयार गरेको मेनुलाई प्रस्तुत गर्दै यो फुड फेस्टिभल आयोजना गरिएको होटलका महाप्रबन्धक विक्रम सिंहले बताए ।

कार्यक्रमको उद्घाटन नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्ने बताइएको छ । टाटा मोटर्स द्धारा प्रायोजित यो फेस्टिभल अलफ्टमा डिसेम्बर १० देखि १० दिन (डिसेम्बर १९) सम्म साँझ साँढे छ बजेदेखि साँढे दस बजेसम्म चल्नेछ । वेलकम डिङ्क्स सहित खानाको प्रतीव्यक्ती कर बाहेक दुइहजार पाँच सय लाग्ने बताइएको छ ।

कस्मिरी खानाबाट सुरु गरिने यो फेस्टिभलको पहिलो दिन भारतीय दूतावास अन्तर्गतको स्वामी विवेकानन्द साँस्कृति केन्द्रका कलाकारहरूले आफ्नो प्रस्तुति पनि राख्नेछन् । फेस्टिभलको अवधिभर कास्मिरको विभिन्न परिकारहरू केही पुरानो शैली र नयाँ प्रस्तुतीको मिश्रण सहित उपलब्ध हुनेछ । 

शाकाहारी स्टार्टरबाट सुरु भई मेन कोर्स र डिजर्ट कस्मिरी स्वादमा उपलब्ध हुने यो फेस्टिभल अलफ्ट अल-डे डाइनिङ 'नुक' मा उपलब्ध हुनेछ । प्राकृतिक सौन्दर्य मात्र नभई विभिन्न परिकारहरूको धनी कस्मिरको स्वाद नेपालमा चिनाउन पाउदा आफू निकै उत्साहित भएको सिंहले बताए । 

'विश्वका विभिन्न फुड फेस्टिभल लगायत ठूला-ठूला राज्य सभाहरूको लागि मेनु तयार गर्नको लागि सेफ राइना चर्चित छन् । उनैको यो अनुभवलाई लिएर काठमाडौंमा गरिने फ्लेभर्स अफ कस्मिर फेस्टिभल हाम्रो फुड फेस्टिभलको एउटा अंश हो । आउने दिनहरूमा हामी यसरी नै स्पेनिश, टर्किश लगायत अन्य अन्तर्राष्ट्रिय परिकारहरू पनि अलफ्टमा प्रस्तुत गर्नेछौं,' सिंहले बताए ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको