Like us!
Follow us!
Connect us!
Watch us!

नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

पत्रपत्रिका

आइतबार, २६ मंसिर २०७८, ०७ : २७ मा प्रकाशित

नेतृत्वविहीन सेयर  बजारका  नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा

यतिबेला  सेयर  बजारका  महत्त्वपूर्ण  नियामक  निकाय  नेपाल  स्टक एक्सचेन्ज  र  धितोपत्र  बोर्ड  नेतृत्वविहीन  छन् ।  यसका  लागि  बजार सञ्चालक  र  नियामक  निकायमा  लामो  समयदेखि  रिक्त  रहेको प्रमुखहरूको  नियुक्ति  प्रक्रियालाई  चाँडो  टुङ्ग्याउन  लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । 

लामो  समयसम्म  यस्ता  निकाय  नेतृत्वविहीन  बन्दा  बजारको यो  हालत  भएको  बताउँछन्  लगानीकर्ता  सञ्जीव  पौडेल ।  यद्यपि अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । “बैङ्कहरूमा पैसा छैन, ऋण लिन जाँदाको त कुरै छाडौँ । स्वीकृत भएको ऋण पनि बैङ्कहरूले दिएका छैनन्,” उनले भने ।नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज नेतृत्वविहीन छ । 

बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएको दुई महिनाभन्दा बढी  भइसकेको  छ ।  नेपाल  स्टक  एक्सचेन्जमा  पनि  प्रमुख  कार्यकारी अधिकृत नभएको तीन महिना भइसकेको छ । यतिबेला लगानीकर्तालाई  धैर्य  र  संयमित  भएर  अगाडि  बढ्न  सुुझाव दिँदै सेयर लगानीकर्ता दबाब समूूहका संयोजक हरि ढकाल अत्तालिएर सेयर  बिक्री  नगर्न  सुुझाव  दिन्छन् ।  घटेको  बजारमा  बिक्री  गर्नेतर्फ होइन धैर्य राख्न सके राम्रो हुुन्छ । 

पुराना  र  अनुभवी  लगानीकर्ता  तथा  सेयर  बजार  विश्लेषक  अहिलेको घट्दो सेयर बजार लामो समयसम्म नजाने आशामा छन् । अहिलेको  बजारले  नियामक  निकाय  र  सरोकारवाला  निकायको  ग्रिन  सिग्नल’  खोजिरहेको  सेयर  बजार  विश्लेषक  बीके  मिश्रले बताए । सेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने उनको भनाइ छ । निर्वाचन  घोषणाले  स्थानीय  निर्वाचन  चाँडै  हुँदै  छ ।  निर्वाचन घोषणा  मात्रै  भयो  भने  त्यसको  प्रभाव  सेयर  बजारसम्म  पुग्ने बताउँछन् ।  “स्थानीय  निर्वाचन  घोषणा  गर्नेबित्तिकै  गाउँगाउँसम्म चहलपहल  बढ्छ ।  मानिस  केही  न  केही  लिएर  गाउँ  जान्छन्  अनि आर्थिक   क्रियाकलाप   बढ्छ ।   त्यसको   प्रभाव   सेयर   बजारसम्म आइपुग्छ,” उनले भने । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको