हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ८ वटा विकास बैंकहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।
लाभांश घाेषणा गर्ने ८ वटा विकास बैंकमध्ये सबैभन्दा धेरै महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे लाभांश रहेकाे छ ।
यस्तै, ८ वटा विकास बैंकमध्ये ५ वटा विकास बैंककाे बुकक्लाेज भइसकेकाे छ र बाँकी ३ वटा विकास बैंकहरूले भने हालसम्म साधारण सभा तथा बुकक्लाेज मिति ताेकेका छैनन् ।
१. महालक्ष्मी विकास बैंक लिमिटेड
महालक्ष्मी विकास बैंक लिमिटेडकाे मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।
२. कामना सेवा विकास बैंक लिमिटेड
कामना सेवा विकास बैंक लिमिटेडको असाेज ७ गते, बिहीबार सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे १५ औं वार्षिक साधारण सभा आज कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते एक दिनको लागि बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । अब बैंककाे सेयर किन्नेले याे आर्थिक वर्षकाे लाभांश पाउँदैनन् ।
३. मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गरेको थियाे । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
४. ज्याेति विकास बैंक लिमिटेड
ज्याेति विकास बैंक लिमिटेडकाे मंसिर ९ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।
५. मितेरी डेभलपमेन्ट बैंक लिमिटेड
मितेरी डेभलपमेन्ट बैंक लिमिटेडकाे मंसिर २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन ।
६. लुम्बिनी विकास बैंक लिमिटेड
लुम्बिनी विकास बैंक लिमिटेडकाे कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंकको चौधौँ वार्षिक साधारण सभा पुष ९ गते, शुक्रबार बैंकको केन्द्रिय कार्यलय डिल्लीबजार, काठमांडौमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २७ गतेदेखि बुकक्लोज गर्नेछ । त्यसैले, मंसिर २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको कार्तिक १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । बैंककाे तेह्राैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार, महाराजा रिसाेर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । बैंककाे १७औँ वार्षिक साधारण सभा कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भइसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस