Like us!
Follow us!
Connect us!
Watch us!

अध्यक्षज्यू ,पुँजीबजार साम्राज्यवाद होइन बरु सर्वसाधारणलाई पुँजीपति बनाउने माध्यम हो !

बसन्त पाण्डे

आइतबार, २६ मंसिर २०७८, १६ : ३० मा प्रकाशित

अध्यक्षज्यू ,पुँजीबजार साम्राज्यवाद होइन बरु सर्वसाधारणलाई पुँजीपति बनाउने माध्यम हो !

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीको ७ वटै प्रदेशको प्रदेश सम्मेलनलाइ सम्बोधन गर्ने क्रममा धितोपत्र बोर्ड र पुँजीबजारलाई साम्राज्यावादको विकसित स्वरुपको रुपमा चित्रित गरे।  

'माओ र लेनिनको पालामा पुँजीको परिचालन यो रुपमा हुने गर्दैनथ्यो त्यसैले उहाँहरुले यो कुरालाई विस्तृत देख्न पाउनुभएन, अब हाम्रो काँधमा कसरी पुँजीबादलाइ भण्डाफोर गर्ने भन्ने जिम्मेवारी छ । ' -उनले भने।  

वास्तबमा यहाँनिर प्रचण्डले नबुझेको कुरा के छ भने पहिला पहिला एउटा उद्योगपतिले उद्योगमा पैसा लगाउँथ्यो त त्यहाँबाट आउने मुनाफा सबै उसैले खान्थ्यो ।  कुनै उत्पादन वा उद्योगको नाफाको हिस्सेदार त्यो कम्पनीको मालिक वा केहि मालिकहरु मात्र हुने गर्दथे । साधारण व्यक्तिहरु जो सँग पुँजी हुदैनथ्यो वा कम मात्र पुँजी हुन्थ्यो उनीहरुले त्यो कम्पनीमा गएर नोकरी गर्नुको विकल्प थिएन।  तर सेयर बजारको अवधारणाले त्यो अवस्थामा धेरै सुधार ल्याएको छ।  थोरै पैसा हुनेहरुले पनि ठूला-ठूला उद्योग, बैंक, इन्स्योरेन्स लगायतका कम्पनीहरुमा लगानी गर्न पाइरहेका छन्।  उनीहरु ति ठुल ठूला कम्पनीहरुका मालिक बन्न पाइरहेका छन् । पहिला सिमित व्यक्तिहरुले कमाउने मुनाफामा अहिले सर्वसाधारण लगानीकर्ताको पनि हक लाग्दछ र नाफाको हिस्सा उनीहरुसम्म आइपुग्छ ।  

अझ के पनि हुन्छ भने, कुनै कम्पनीले सेयर निष्कासन गर्दा आफ्ना कर्मचारीहरुलाई पनि त्यसमा हिस्सा दिने गर्दछन । दैनिक रुपमा कम्पनीमा काम गरे बापत कर्मचारीले कम्पनीबाट पाउने तलब त छँदै छ, बार्षिक रुपमा कम्पनीले बाड्ने लाभांस समेत पाइरहेका हुन्छन ।  

नेपालकै कुरा गर्नुपर्दा थोरै कमाइ भएका विद्यार्थी, गृहिणी , सबै जातजाति र वर्गका मानिसहरुले सेयर बजारमा लगानी गरेका छन । अहिले सेयर बजारमा माओवादीले भन्ने गरेको सर्वहारा वर्गकै सहभागिता सबैभन्दा धेरै छ । सेयर बजारबाट ती वर्गले पनि राम्रै कमाई गरेका छन।  

वास्तबमा पुँजी बजार भनेको सबैलाई मालिक बनाउने ठाउँ हो।  सबैजना धनी र सुखी हुनुपर्दछ भन्ने मान्यता पुँजीबजारको रहन्छ । यदि साच्चिकै गरिबी र असमानता न्यूनीकरण गर्ने उद्धेश्य माओवादी पार्टीको हो भने पुँजी बजारलाइ हतियार बनाएर सबै नेपालीलाइ ठूला ठूला उद्योगहरुका मालिक बनाउदै अगाडी बढ्नु पर्ने होइन र नेताज्यू ? 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको