Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा कुटनीतिनै निर्णायक कुटनीति होः ऊर्जा मन्त्री

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १९ : ०३ मा प्रकाशित

ऊर्जा कुटनीतिनै निर्णायक कुटनीति होः ऊर्जा मन्त्री

ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले राजनीतिक, आर्थिक भन्दा ऊर्जा कुटनीतिनै निर्णायक हुने बताएकी छिन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) र इकोनमिक पोलीसी  इन्क्यूभेटर (ईपीआई)को संयुक्त आयोजनामा आयोजित नेपालमा विद्युत व्यापारको सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अहिलेको अवस्थामा ऊर्जा कुटनीतिनै निर्णायक हुने बताएकी हुन्।

अहिले अहिले छिमेकी देश भारतका लागि राजदुत भएका शंकर शर्मालाई समेत कार्यकाल सफलतामा ऊर्जा कुटनीति मै भर पर्ने भनेर आफूले जोड दिएको बताइन् ।

विद्यमान कानूनले नपुगेरनै नयाँ कानून ड्राफ्ट भएको भन्दै राजनीतिक अवरोध भएन भने हिउँदे अधिवेशनमा यो विधेयक पास हुने भुसालले बताइन्।

"विद्युत प्राधिकरणले कम्पनी मार्फत व्यापार गर्न पाउने गरि कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ।ु भुसालले भनिन्, ुनिजी क्षेत्रले पनि भरपर्दो आधार दिए विधेयक पास नभएपनि अनुमति दिन्छौ"

पूर्व ऊर्जामन्त्री राधा ज्ञवालीले विकासका कुरामा सत्तापक्ष प्रतिपक्ष सबै एकै ठाउँमा हुनुपर्ने बताइन् । उनले ऊर्जाको उत्पादन वृद्धि गर्ने सवालमा सरकारको तर्फबाट कुनै पनि हडल हुन नहुने बताइन् ।  पीपीए रोक्न नहुने भन्दै उनले निजी क्षेत्रलाई भरपुर प्रयोग गर्न सकिने उनको भनाई छ । बंगलादेशमा बिजुली बेच्न नेपाल र बंगलादेशले संयुक्त रुपमा भारतसँग प्रस्ताव गर्नुपर्ने ज्ञावलीले भनाई छ । ऊर्जा मन्त्रालयभित्रै विज्ञहरु रहेकोले ऊर्जा क्षेत्रका समाधान गर्न सक्नु पर्ने उनले बताइन्  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको