Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार घटयो भनेर मेरो आक्रोश कदापी होइन सरकार !

सुवासचन्द्र भट्टराई

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, ११ : ४२ मा प्रकाशित

सेयर बजार घटयो भनेर मेरो आक्रोश कदापी होइन सरकार !

१) नयाँ  Demat अनि Broker मा TMS बनाउने लगानीकर्ता को संख्या थाहा थिएन  र सरकार ! उनिहरुलाई सेयर शिक्षा  सचेतना दिने काम कस्को हो ????? सरकारकाे कि Shiva Chandra  hari dhakal को मात्र हो ।  

पूँजीबजार नचाहिने हो भने सधैलाई बन्द गरिदिउ ! हामी उत्तर कोरिया सम्झेर बस्छौ।  CGT टाक्स लिने खाने अनि पुजिबजार विरुद्ध को आवाज नेताहरुले ओकल्ने ?
 
२) जनताले  मैदान बाट नियमक निकायमा अध्यक्षहरु ल्याउनु पर्ने हो कि सरकारले आफै छानेर भर्ती गर्नु पर्ने हो। सरकार 

३) बजार बढ्दा विज्ञप्ती निकाल्नेहरु एकोहोरो बजार घट्दा  चाहि कुन दुलोमा बसेका हुन्छन ? सरकार 

४) ७७ जिल्लामा नंया लगानीकर्ता लाई लगानी गर्ने तरिका एव सहज ब्रोकर को सेवा बैंकिङ सेवा  नपुर्‍याईकन ठुलो लगानीकर्तालाई panic पार्ने किन ४/१२ को कुरा उठान गरेको हो सरकार ?  

५) नेपालको सेयर बजार बिश्व बजारका सस्थागत लगानीकर्ता मा  लैजान को लागि किन  खाका नकोरेर बसेको सरकार ! ५/७ बर्ष को परियोजना बनाएर नेपालका कम्पनीलाई नि बिश्व  बजार मा चिनाउदा सरकार को के जान्छ ?

६) धनी र गरिब बिचको खाडल कम गर्ने माध्यम पनि हो सेयर बजार । सरकारले सहुलियत दिएर  वास्तविक कम्पनीलाई किन पूँजीबजारमा भित्राउन सहयोग नगरेको हो नि ? सरकार  नेपाली जनता वाई वाई चाउ चाउ, NCELL , भाट्भटेनी , सुर्य टोबाको, रास्ट्रीय वाणिज्य बैंक, बुद्ध एयर यति एयर, मनकामना केवल कार, आरती स्टिल, हुलास स्टिल , neek transformer , कान्तिपुर पत्रीका, नागरिक  दैनिक जस्ता कम्पनी पूँजीबजारमा हेर्न चाहान्छन सरकार 

७) ब्रोकर कमिशन आधाले घटोस  अनि CGT को बैज्ञानिक ढङको होस अर्थात् १ बर्ष को लागि ५  ५ बर्ष सम्मको ४ % अनि ५ बर्ष भन्दा माथि को २.५% होस भने चाहाना छ ।  

८) सेयर बजार जोखिम को अनि संबेदनसिल क्षेत्र हो  सबैलाई थाहा छ। यो बारे बोल्न अर्थमन्त्री, गर्वनर, धितोपत्र पत्र बोर्डका प्रमुखले मात्र बोलुन त्यो पनि routine schedule तालिकामा मात्र ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको