Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता र नेपालबीच भेटवार्ता, ५ बुँदे माग पेश !

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १६ : ३७ मा प्रकाशित

लगानीकर्ता र नेपालबीच भेटवार्ता, ५ बुँदे माग पेश !

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलकाे अग्रतामा लगानीकर्ताहरूले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

उक्त भेटमा संघकी अध्यक्ष राधा पाेखरेलले तत्काल सम्बाेधन हुनुपर्ने ५ बुँदे माग नेपालसमक्ष पेश गरेकी छिन् । भेटमा नेपाल राष्ट्र बैंकबाट लागू भएकाे ४/१२ काे सीमामा पुर्नविचार गर्नुपर्ने, नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) का अध्यक्ष र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ती चाँडाे भन्दा चाँडाे गर्नुपर्ने, बैंकलाई ब्राेकर लाइसेन्स दिनुपर्ने, ब्राेकर मार्फत् मार्जिन सेवा तत्काल सुरू गर्नुपर्ने र तत्काल बजारलाई सम्बाेधन हुने किसिमकाे अभिव्यक्ति जारी गर्नुपर्ने माग गरिएकाे छ ।

भेटवार्ताका क्रममा नेपालले प्रचण्डकाे अभिव्यक्तीकाे बारेमा उनीसँग कुरा गर्ने तथा बजार सुधार र विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिएका भेटमा सहभागी लगानीकर्ता कुमार थापाले बताएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको