Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा लगानीमा आक्रामक बन्दै वाणिज्य बैंक, निक्षेप संकलन घट्याे

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १७ : ३१ मा प्रकाशित

कर्जा लगानीमा आक्रामक बन्दै वाणिज्य बैंक, निक्षेप संकलन घट्याे

गत साता वाणिज्य बैंकहरुको निक्षेप संकलन पुन: घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी भने बढेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन घट्दा कर्जा लगानी बढेको हाे ।

मंसिर २४ गतेसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा ५ अर्बले घटेकाे हाे । मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ ।  बैंकहरुको कर्जा लगानी ८ अर्ब रुपैयाँले बढेर ४० खर्ब ७७ अर्ब रुपैयाँ पुगेकाे छ ।मंसिर १७ गतेसम्म वाणिज्य बैंकहरूले  ४० खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

मंसिर २४ गतेसम्म सीडी रेसियो ९१.४९% रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको