Like us!
Follow us!
Connect us!
Watch us!

देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार सक्रिय : ओली

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १३ : ०४ मा प्रकाशित

देशमा अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार सक्रिय : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउने समूह सक्रिय भइरहेको बताएका छन् । 

केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन्  । ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ,’ ओलीले भने । 

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए । 

कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको