Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध एयरका जहाजमा निरन्तर समस्या

पत्रपत्रिका

शुक्रबार, ०२ पुस २०७८, ०७ : ०३ मा प्रकाशित

बुद्ध एयरका जहाजमा निरन्तर समस्या

निजीक्षेत्रको सफल र अग्रणी एयरलाइसन्स कम्पनी बुद्ध एयरका जहाजमा पटकपटक समस्या देखिँदै आएको छ । अन्य एयरलाइन्स कम्पनीका भन्दा ३ गुणा बढी यात्रु आवतजावत गराउने बुद्ध एयरमा पटकपटक समस्या देखिँदै आएको छ । यो समस्या बिहीवार पनि दोहोरिएको छ ।

बिहीवार दिउँसो भरतपुरबाट काठमाडौंतर्फको उडानका क्रममा इन्जिनमा प्राविधिक समस्या देखिएपछि तुरुन्तै जहाज अवतरण गरिएको थियो । कल साइन ९एन–एईइैको बिचक्राफ्ट जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि जहाजलाई भरतपुर विमानस्थलमै सकुशल अवतरण गरिएको बुद्ध एयरले पे्रस विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।

उक्त जहाजमा २ जना बालबालिका, १७ जना वयस्क गरी १९ जना यात्रु रहेका थिए भने पाइलट, कोपाइलट र विमानपरिचारिका गरी ३ जना सदस्यहरू पनि थिए । जहाजमा समस्या आएपछि कम्पनीले अर्को जहाजबाट यात्रुहरूलाई काठमाडौं पठाएको थियो । गत असोज ११ गते काठमाडौं–विराटनगर उडान गरेको जहाजमा पनि समस्या देखिएको थियो । बिहानी पख उक्त गन्तव्यमा उडान गरेको जहाजमा ७३ जना यात्रु थिए ।

त्यसबेला जहाजको ल्यान्डिङ गियरमा समस्या आएपछि आकाशमै घण्टौंसम्म घुमेको जहाज अन्ततः काठमाडौं विमानस्थलमा सफल अवतरण गरिएको थियो । यस्तै, मङ्सिर २२ गते बुधवार पनि भैरहवा–काठमाडौं उडानका क्रममा पनि समस्या देखिएको थियो । बुद्ध एयरको युफोर–८१० जहाजलाई पनि तुरुन्तै अवतरण गरिएको थियो । उक्त जहाजको दायाँ प्रोपेलर ‘पीइसी सिंगल च्यानल’मा समस्या देखिँदा अवतरण गराइएको थियो । त्यसमा रहेका यात्रुलाई अर्काे जहाजको बस्दोबस्त गरी बुद्ध एयरले काठमाडौं यात्रुलाई पठाएको पनि कम्पनीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको थियो ।

कम्पनीका एकअधिकारीले भने सानोसानो जानकारी पनि बुद्ध एयरले सार्वजनिक गरेको हुँदा यी कुरा बाहिर आएको दाबी गरे । २० हजार किलोग्राम बोक्ने जहाजमा प्राविधिक सुरक्षा प्रमुख हुने र त्यसलाई सधैं कम्पनीले पालना गरेको उनको भनाइ छ । ‘जहाजको संख्या, यात्रुसेवालगायत अन्य कम्पनीको तुलनामा बढी भएकाले पनि हामी बढी सचेत भएका छौं,’ उनले भने, ‘ग्राउन्डमा हुँदा र उडानका क्रममा नियमित नै चेकजाँच हुँदै आएको छ, यो इन्जिनमा भने प्राविधिक समस्या भएको हो ।’

आर्थिक अभियान दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको