Like us!
Follow us!
Connect us!
Watch us!

स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, ०७ : ४६ मा प्रकाशित

स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने

बैंक तथा वित्तीय संस्थाले लामो समयसम्म व्याज परिवर्तन नहुने गरी कर्जा दिएका ‘स्थिर व्याजदर’ योजनामा अब आफूखुसी व्याज परिवर्तन गर्न नपाउने भएका छन् । सुरुमा स्थिर व्याजदर भनेर ऋण लगानी गरे पनि विभिन्न सर्त देखाएर बीचमा व्याजदर परिवर्तन गरेको गुनासो बढ्न थालेपछि केन्द्रीय बैंकले कडाइ गरेको हो । 

राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७८ संशाेधन गर्दै व्याजदर परिवर्तनसम्बन्धी व्यवस्थामा हेरफेर गरेको छ । निर्देशन अनुसार कर्जा अवधि भर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलो पटक ७ वर्षमा र तत्पश्चात प्रत्येक ५ वर्षमा ब्याजदर पुनरावलोकन गर्न सकिनेछ । यसबाहेक अन्य कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।

बैंकले २० वर्षसम्म व्याजदर परिवतर्न नहुने गरी कर्जाका योजना ल्याएका छन् । तर बजारमा व्याजदर वृद्धि भएपछि भने विभिन्न सर्त देखाएर व्याजदर बढाउने गरेका छन् । 

धितो मूल्यांकनमा कडाई 
केन्द्रीय बैंकले ऋण लगानी गर्दा धितोस्वरुप लिने सम्पत्तिको मूल्यांकनमा समेत कडाइ गरेको छ । निर्देशन अनुसार बैंकले धितोको रुपमा राखिने सम्पत्तिको मूल्यांकन गराउँदा मूल्यांकनकर्ताले कुनै स्वार्थ नबाझिने गरी वा पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा, अन्तर्राष्ट्रिय मान्यता र असल अभ्याससमेतका आधारमा धितोको मूल्यांकन गरेको यकीन गर्नुपर्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकन गराउनका लागि मूल्यांकनकर्ता सूचीकृत गर्दा मूल्यांकनकर्ताको काम, कर्तव्य, अधिकार तथा उत्तरदायित्व स्पष्ट रुपमा उल्लेख गरी सम्झौता गर्नुपर्ने प्रावधान थपिएको छ । 

राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात तोकिएको सिमाभित्र ल्याउने कार्ययोजना संचालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकमा बुझाउन र सोही अनुसार कार्यान्वयन गर्न समेत निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको