Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउँछन् ?

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १० : ३६ मा प्रकाशित

समृद्धि फाइनान्सले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउँछन् ?

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि पाैष ११ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

फाइनान्सले १ः०.५० को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५०० रूपैयाँ बराबरको  २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद निष्कासन गर्न मंसिर २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

फाइनान्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61bc18cdca4f0.jpg 61bc18d8f3eda.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको