Like us!
Follow us!
Connect us!
Watch us!

एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान, यस्ता छन् फाइदा

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १४ : २७ मा प्रकाशित

एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान, यस्ता छन् फाइदा

एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ । साना तथा मझौला व्यवसायी र कार्यालयहरुले अब विशेष रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई सम्बाेधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन् । 

यस योजनामा मासिक रुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यता बिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र स–साना कार्यलयहरुलाई ध्यानमा राखि ल्याइएको यो योजनामा कम शुल्कमा पेजी, सीयूजी, अन नेट र अफनेट कल सेवा लगायतका विषेशताहरु रहेका छन् । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने सुविधा पनि रहेका छ भने रिचार्जमा समयसीमा नरहने व्यवस्था रहेको छ ।

बिजनेस सधैँ अन थिम अन्तर्गत शुक्रबार (पुष २) बाट लागु हुने गरि यो योजना ल्याइएको हो । 

ग्राहकहरुले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरि यो सेवा लिएर सुलभ दरमा आफ्नो सीयूजी समुह अर्थात कार्यलयका साथीहरुसँग कर सहित जम्मा ३० पैसा प्रति मिनेटका दरमा कुरा गर्न सक्छन् । त्यसैगरी पेजी अन नेट र अफ नेट कल सेवा पनि कर सहित मात्र रु १.३० प्रति मिनेटमा उपलब्ध हुन्छ । यसका साथै ग्राहकले पेजी डेटा सेवा रु १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस रु १.३० मा पाउँछन् ।

ग्राहकले एकपटक मात्र कर सहित मात्र रु १५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भए पछि ग्राहकले रु ३५ मेन ब्यालेन्स सहित ७ दिनको समयसीमा रहेको ५०० एमबी डेटा पनि प्राप्त गर्दछन् । यसको साथै ३० दिन सम्ममा जम्मा रु २०० को रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जीबी डेटा पनि प्राप्त गर्दछन् ।

यस प्लानमा रहेका अन्य सुविधा अन्तर्गत ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याकहरु पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ् प्याक अन्तर्गत २ जीबी/४ जीबी/६ जीबी डेटा प्याक, वानटाइम ३ जीबी/५ जीबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याक अन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङ् सहितको रु २०० को कम्बो सिल्भर, रु ३०० को कम्बो गोल्ड वा रु ३५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् । 

बिजलाइट योजनाले साना तथा मझौला व्यवसायहरु र स–साना कार्यलयहरुलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधाहरु प्रदान गदै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ । 

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्याण्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकहरुले पनि आफ्नो संस्थासँगको आवद्धता स्थापित गर्ने कुनै पनि कागजातहरु पेस गरि बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको