Like us!
Follow us!
Connect us!
Watch us!

१३ करोड ७५ लाखको आईपीओ निष्कासन गर्दै नेपाल वेयर हाउस

अर्थ संसार

आइतबार, ०४ पुस २०७८, १६ : १९ मा प्रकाशित

१३ करोड ७५ लाखको आईपीओ निष्कासन गर्दै नेपाल वेयर हाउस

नेपाल वेयर हाउस कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको साधारण सभाले १३ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे हाे । साधारण सेयर बिक्रीका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, साधारण सभाले प्रबन्धपत्र संशोधन गर्ने गरी अधिकृत पूँजी ७० करोड रुपैयाँ र जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि पारित गरेको छ ।     

 एभरेष्ट बैंकको सहवित्तीयकरणमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कार्यालयबाट कुल ५५ हजार मेट्रिकटन अन्न भण्डारण हुनेछ । निम्बस ग्रप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी, टिम भेञ्चर्सलगायतको लगानी रहेको उक्त कम्पनीमा थप केही व्यासायिक र वित्तीय संस्थाले १५ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।

कम्पनीले अन्न भण्डारणका अतिरिक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउनेछ । निर्माणधीन  तीन वटा इकाईमध्ये सुनसरीको औरावानीस्थित कार्यालयबाट आगामी दुई महीनाभित्र व्यावसायिक काम सुरू हुने कम्पनीले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको