Like us!
Follow us!
Connect us!
Watch us!

ग्यापुले सम्पन्न गर्‍यो नेपालको पहिलो टिकटक अवार्ड

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १४ : ०१ मा प्रकाशित

ग्यापुले सम्पन्न गर्‍यो नेपालको पहिलो टिकटक अवार्ड

टिकटक क्रिएटरलाई सम्मान गर्ने उद्देश्यले नेपाली इकमर्स ग्यापु मार्केटप्लेसले चर्चित टिकटक क्रिएटरहरुलाई विभिन्न विधामा 'टिकटक अवार्ड' प्रदान गरेको छ । 

कार्यक्रममा वर्षा बस्नेतले 'बेस्ट रिप्रिजेन्टेटिभ, पुजा एन्जलले 'मस्ट लबेभल, केपी खनालले 'दि सोसल एक्टिभिस्ट', नृत्य ट्रुप नेपाललाई 'बेस्ट डान्सिङ ट्रुप', स्मारिका समारिकालाई 'मस्ट कमेडियन ट्विन्स' र पुरु सिग्देल र उनको आमा विद्या सिग्देललाई 'बेस्ट मदर सन' अवार्ड प्रदान गरेको छ । 

यसैगरी शिक्षा संग्रौलालाई 'मस्ट इन्टलेक्चुअल', शिशिर भण्डारीलाई 'बेस्ट कमेडियन एक्टर', मुस्कान गुरागाईलाई 'मस्ट ट्यालेन्टेड', निता लता सरोवरलाई 'हाउसहोल्ड कन्टेन्ट', अनिश तामाङलाई 'नेपाल फर्स्ट बडि पेन्टर', बिपि श्रेष्ठलाई 'मस्ट क्रियटिभ' र बिष्णु पाण्डेलाई 'बेस्ट इन्टरटेनर' बिधामा अवार्ड प्रदान गरिएको छ । 

सौर्य भेटवालले 'मस्ट अडोरबल' अवार्ड हात पारे भने पवित्रा ढुंगानालाई 'मस्ट डेडिकेटेड', ढुकुरे डनलाई 'बेस्ट कमेडियन', शिव पौडेललाई 'बेस्ट फिटनेस मेल', सिता तामाङलाई 'बेस्ट फिटनेस फिमेल', अपिल राईलाई 'बेस्ट पर्फरमर' र अन्जना अर्याललाई 'हाउसहोल्ड सेफ' अवार्ड प्रदान गरिएको छ ।

आइतबार साँझ राजधानीमा आयोजना गरिएको कार्यक्रममा भ्वाइस अफ नेपालका कार्यकारी निर्माता सुशील नेपालले अवार्ड हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ग्यापु मार्केटप्लेसले सञ्चालन गरेको दशैं तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्र गरी अप्रिलिया स्कुटरको विजेता समेत घोषणा गरिएको छ । विजेता आयुष्मा भट्टलाई स्कुटरको हस्तान्तरण केही दिन पछि गरिने बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको