Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार कस्तो अवस्थामा छ ? यथार्थ विश्लेषण

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १६ : ४१ मा प्रकाशित

सेयर बजार कस्तो अवस्थामा छ ? यथार्थ विश्लेषण

सेयर बजार अहिले जटिल अवस्थामा छ। निरन्तर घटेको बजारले लगानीकर्ताको मनोबल घटाईरहेको छ । अन्तिम केही दिनको कारोबार हेर्दा कारोबार रकम एकदम कम हुँदै गएको छ। पुष मसान्त नजिकिँदै गर्दा दोश्रो तेस्रो सातातिर बजार अझ खस्ने प्रक्षेपण गरेर बसेका म्युचुअल फण्ड, अन्य संस्थागत लगानीकर्ताहरु र ठूलो रकम हातमा लिएर बसेका लगानीकर्ताहरु अलि अलि गर्दै किन्दै जाने रणनीतिमा बसेका कारण बजारमा राम्रो भोलुम आउन सकेको छैन। बजार घट्दा जति पनि घट्न पाउँछ, बढ्दा जति पनि बढ्न पाउँछ।

मुख्य रुपमा बजारको दिशा कतातिरको हुने भन्ने कुरालाई आम लगानीकर्ताको मनोबल कस्तो छ भन्ने कुराले प्रभाव पार्ने गर्दछ। यतिबेला सेयर बजारको निरन्तरको ओरालो यात्रा देखेर माथिल्लो बिन्दुमा सेयर किनेर बसेका लगानीकर्ताहरु वाक्क दिक्क भैसकेका छन् र तीमध्ये कतिपय अब बजार पार लाग्दैन अझै घटेर जान्छ, बजार अब बढ्दैन भन्दै थुप्रो घाटा हुँदा हुँदै पनि बेचेर भाग्न थालेका छन् भने यो सबै परिस्थितिलाई आंकलन गरिरहेका ठूला लगानीकर्ताहरु सकेसम्म सस्तोमा सेयर किन्दै जाने अनि टन्न अकुमुलेसन गरिसकेपछि मात्र बजारमा आक्रामक रुपमा प्रस्तुत भएर बजार बढाउने किसिमको रणनीति बनाएर बसेको देखिन्छ।

प्राविधिक रुपमा हेर्दा:

माओवादी अध्यक्ष प्रचण्डको भाषणबाजी पछि १३ डिसेम्बरको दिन अत्याधिक घटेर २२५४ को विन्दुसम्म आइपुगेको बजार १४ डिसेम्बरमा ६% को सर्किट लागेर बढ्दै १५ डिसेम्बरमा २४९० को बिन्दुसम्म पुगेर त्यहाँबाट झर्न थाल्यो। त्यसपछि आजसमेत गरेर लगातार ३ दिन घटेर आज नेप्से २३५८ को बिन्दुमा क्लोज भएको छ। विश्वप्रसिद्ध इलियट वेभ बाट हेर्दा बजार करेक्सनको अन्तिम विन्दुतिर रहेको र बजार अब घटेर बढीमा २२०० को हाराहारीसम्म आउन सक्ने देखिन्छ। यसको मतलव बजार २२०० मै आउनुपर्छ भन्ने होइन। नेप्सेको इतिहास हेर्दा बजार यस्तो अवस्थामा आइसकेपछि यसअघिको न्युनतम बिन्दुसम्म नआइकन अलिकति माथिबाटै फर्केका उदाहरणहरु प्रसस्त छन् । यसको मतलव के हो भने बजार अब २२५४ को विन्दुसम्म नआइकन त्यो भन्दा माथिबाटै फर्केर नेप्सेले उचाइ चुम्ने सम्भावना धेरै रहेको देखिन्छ।

यतिबेला आम लगानीकर्ताले बुझ्नु पर्ने कुरा चाहिँ के हो भने अहिले हामी जुन ठाउँमा छौं अब बजार यो बिन्दुबाट राम्रै बढ्ने सम्भावना रहन्छ। धेरै कम्पनीका सेयरहरु निक्कै सस्तो मुल्यमा आइसकेका हुँदा भ्यालु इन्भेस्टिङ्गको हिसाबमा पनि बजारमा पैसा लगाउने यो उपयुक्त समय हो।

(तल प्रस्तुत गरिएको चार्टमा हेर्नुहोस र अहिले नेप्से कुन अवस्थामा छ र आउने दिनमा कस्तो हुन सक्छ थाहा पाउनुहोस्।)

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको