Like us!
Follow us!
Connect us!
Watch us!

थप ३ जिल्लामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १७ : १४ मा प्रकाशित

थप ३ जिल्लामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवासँग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ । गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विधालयमा कार्यक्रम सञ्चालन पछि देशभरीका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको छ ।

हेटौँडाको निर्मल बहुमुखी क्याम्पसमा अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षतामा सञ्चालित कार्यक्रममा ५० जना विधार्थीको सहभागिता थियो ।अभियानका केन्द्रिय सदस्य जानुका दवाडीको स्वागत मन्तव्यबाट सञ्चालन भएको कायर्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । अभियानका जिल्ला सदस्य बाल कुमारी डल्लाकोटीले सञ्चालन गरेकाे प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख सुभाष चन्द्र कडेलको उपस्थिति थियो ।

बाराको गंजभवानीपुर नगरपालिकाको भोला उच्च माध्यामीक विधालयका प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा संचालित कार्यक्रममा ८० जना विधार्थीको उपस्थिति थियो । अभियानका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद कुशुवाहा,रिषिकान्त गुप्ताको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका क्ष्रेत्रिय प्रमुख दीगम्बर प्रसादले प्रशिक्षण दिएका थिए । कार्यक्रम सम्पन्न भएपछि प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा ११ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान नगर कमिटि गठन गरिएको छ ।

त्यसैगरी, गएको हप्ता बाग्लुङ्ग जिल्लाको विभिन्न ११ वटा कलेज र माध्यामीक विधालय तथा एउटा स्वंयमसेविका संस्थामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भएको छ । सम्बन्धीत कलेज र माध्यामित विधालयका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मध्ये निसिभुजि जनता क्यापस ढोरपाटनमा २९ जना विधार्थी,उत्तर गंगा मा.वि ढोरपाटन बुर्तिवांगमा ७२ जना ,प्रभा मा।वी निसीखोलामा १०२ जना,ज्ञानेन्द्र म.वि. निसिखोलामा २८ जना,त्रिभुवन मा.वि बडिगाडमा ५० जना, भिमागिठे मा.व. मा ८० जना,जनजागृति मा।वि।मा ८४ जना,भानु मा वि।ग्वाली चौरमा ८१ जना, गलकोट बहुमुखि क्याम्पस हटियामा ५९ जना,पाण्डवखानी मवि गल्कोट नगरपालिकामा ३९ जना,न्यू लाइफ बोर्डिङ्ग हरिचौर गल्कोटमा ८२ जना विधार्थीहरू र महिला स्वास्थ्य स्वंयमसेविका ग्वालिचौर वडिगाडमा ३० जना स्वंयमसेविकाको सहभागिता रहेको थियो ।

बाग्लुङ्ग जिल्लाको ७ दिने बीमा जागरण अभियानमा कम्पनिका क्षेत्रिय प्रमुख जमुना आचार्य र बाग्लुङ्ग प्रमुख  विश्वनाथ आचार्यले प्रशिक्षण दिएका थिए । कम्पनीका स्थानीय कर्मचारी घनश्याम चालिसे,पवित्रा पुन र लक्ष्मण आचार्यले कार्यक्रम सञ्चालनमा सहजिकरण गरेका थिए भने अभियानका जिल्ला अध्यक्ष देवी जिसीले स्वागत मन्तव्य राखेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको