नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।
संस्थाको १९ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय रूपैयाँ ८४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय १० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि आज पुस ६ गते मंगलवार बुक क्लोज गर्ने भएसँगै पुस ५ गते सोमवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी पुस १५ गते कम्पनीले सभा बिहान ११ बजे एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा साधारण सभा बोलाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस