Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पेमेन्ट सोलुसन्सको लुम्बिनी विकास बैंकसँग सहकार्य

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १६ : ३५ मा प्रकाशित

नेपाल पेमेन्ट सोलुसन्सको लुम्बिनी विकास बैंकसँग सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र सिमोन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी, डेपुटी सीईओ र विशल जोशी, आईटी र कार्ड प्रमुखले आ–आफ्नाे संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।  

याे सँगै, लुम्बिनी बिकास बैंक लिमिटेडले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी बिकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, लुम्बिनी बिकास बैंक लिमिटेडसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सकाे चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भुक्तानी समाधानहरू प्राप्त गर्नेछन् ।

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको