Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने ३ वटा एजेन्डा

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ११ : ५९ मा प्रकाशित

पाँचथर पावरले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने ३ वटा एजेन्डा

पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ४ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको छैठाैँ वार्षिक साधारण सभा पौष २८ गते, बुधबार, कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यममार्फत् सञ्चालन गरिनेछ । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुमाथी छलफल तथा स्वीकृत गर्ने र आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियूक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ३ वटा एजेन्डा सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १४ गते एक दिन कम्पनीकाे बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c2c388adddd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको