Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रका बारे बोले गभर्नर, हिमालयन डिष्टिलरीमा इन्साइडर ट्रेडिङ्गकाे गन्ध देखि अन्य आर्थिक समाचार (भिडियो)

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, २१ : ३० मा प्रकाशित

आज पाैष ७ गते, बुधबार दिनभरका प्रमुख आर्थिक समाचारहरू यस प्रकारका छन् ।

१. हिमालयन डिष्टिलरीले गर्यो बम्पर लाभांश घोषणा, इन्साइडर ट्रेडिङ्गकाे गन्ध

हिमालयन डिष्टिलरीले लिमिटेडले लाभांश घाेषणा गरेको छ । कम्पनीकाे हिजाे पाैष ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका  शेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २५ प्रतिशत नगद गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ । कम्पनीले पाैष २८ गते बुधबार पर्सास्थित आफ्नै रजिष्टर्ड कार्यलयमा वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे सेयर काराेबारमा इन्साइडर ट्रेडिङ्गकाे गन्ध देखिएकाे छ । भनिन्छ नी, "बाघ कराउनु र बाख्रा हराउनु" त्यस्तै भयो हिमालयन डिष्टिलरी लिमिटेडको लाभांश घोषणाको विषय । विगत दुई दिनदेखि नेप्सेमा भएको कम्पनीको कारोबारले पनि कम्पनीमा केही त पाक्दैछ भन्ने अनुमान आम लगानीकर्ताहरुको थियो । कम्पनीले आज बुधबार लाभांश घाेषणा गरेकाे भएपनि साेमबार नै कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे थियाे । कम्पनीकाे काराेबार पनि आक्रामक ढङ्गले भइरहेकाे थियाे । सोमबारदेखि नै लगानीकर्ताहरु माझमा कम्पनीले आकर्षक लाभांश वितरण गर्न लागेको हल्ला फैलिएको थियो । कम्पनीले लाभांश घोषणा गर्नु पुर्व नै कम्पनीले कति लाभांश घोषणा गर्दैछ भन्ने सूचना बाहिरिनुलाई कानुनी रुपमा इन्साइडर ट्रेडिङ भन्न सकिन्छ जुन गर्नु अपराध हो ।

२. नारायणी डेभलपमेन्ट बैंकको हकप्रद आजदेखि खुल्याे,  पाैष २७ गतेसम्म आवेदन दिन सकिने

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज पाैष ७ गते, बुधबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रदमा पाैष २७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु र  मेराे सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।

३. लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, मर्जर सम्बन्धी विशेष प्रस्ताव

मित्तेरी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २८ गते, सुनसरी उद्योग वाणिज्य संघ धरान १ सुनसरीमा बिहान ११ः१५ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका  शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि  ० दशमलव ७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यस्तै सभाले बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १४ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पाैष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

४. सेयर बजारमा सकारात्मक माहाेल, लगानीकर्ताकाे मनाेबल बढ्दै

आज (बुधबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएको छ । नेप्से परिसूचक झण्डै तेहाेराे अंकले बढ्दा कारोबार रकम पनि बढेकाे छ । यता काराेबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । नेपाल राष्ट्र बैंकले तरलता संकट हटाउन कदम चालेसँगै लगानीकर्ताकाे मनाेबल वृद्धि भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर काराेबार मापक नेप्से परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेकाे छ । नेप्से ३.८२ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेको छ । कूल २३३ वटा कम्पनीकाे ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ । बुधबार पनि हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६८ कराेड ३४ लाख ५० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज ४ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अरूण भ्याली हाइड्राेपावर, बरूण हाइड्राेपावर, शिवम् सिमेन्ट र अपर तामाकाेशीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन नबिल डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । 

५. १३ प्रतिशत लाभांश पारित गर्न गुडविल फाइनान्सले डाक्यो साधारण सभा, पुस १६ गतेदेखि बुकक्लोज

गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । फाइनान्सको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते बिहिबार, होटल क्राउन इम्पेरियल, रवि भवन काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९.१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.९ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १६ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

६. क्रियटिभ सेक्युरिटिजको सेवा स्तरोन्नती गर्न नेप्सेको निर्देशन, पालना नगरे कारवाही
 
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्राेकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई सेवा स्तरोन्नती गर्न निर्देशन दिएकाे छ । नेप्सेले आज एक सूचना प्रकाशन गर्दै क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस (३०) कार्य दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गरी जानकारी गराउन निर्देशन दिएको हाे । उक्त समयावधी भित्र दिईएको निर्देशन पालना नगरेमा आवश्यक कारवाही गरिने समेत नेप्सेले जनाएकाे छ ।

७. चन्द्रागिरी हिल्सले डाक्यो साधारण सभा, पाैष १६ गते बुकक्लाेज

चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पौष ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बाह्रौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने लगायतका सामान्य प्रस्तावहरू पारित गरिनेछ । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष १६ गते शुक्रबार एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

८. आरएमडीसी लघुवित्तले डाक्याे साधारण सभा, २५ प्रतिशत लाभांश पारित हुँदै

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे पाैष ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे तेईसाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार अमृतभाेग, कालिकास्थान, काठमाडाैँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । सभामा संस्थाको मंसिर १५ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १८ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

९. तरलतामा सुधारकाे संकेत, कर्जाकाे तुलनामा ४ गुणा बढी निक्षेप संकलन

राष्ट्र बैंक पुषको पहिलो हप्तामा बैंकिंग सिस्टममा २७ अर्बको निक्षेप संकलन भएको छ भने जम्मा ७ अर्ब मात्रै कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले आज नेपाल राष्ट्र बैंकले आयोजना गरेको आर्थिक पत्रकारहरुसँगकाे अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक पेश गरेका हुन्। यसले बैंकिंग सिस्टममा कर्जाको तुलनामा निक्षेप बढ्दै गइ बैंकहरुको सिडी रेसियोमा परेको दवाव कम हुँदै जाने देखिएको पनि उनले बताएका छन् ।

१०. ४ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले बढ्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९२ हजार ६ सय रूपैयाँ कायम भएकाे छ । यता चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले बढेर प्रतिताेला एक हजार २ सय ४५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको