Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेण्ट बैंकिङले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १२ : ४९ मा प्रकाशित

गुहेश्वरी मर्चेण्ट बैंकिङले बोलायो साधारण सभा, के-के छन् एजेन्डा ?

गुह्येश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा साधारण सभा बोलाएको छ। उक्त सभा गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा फाइनान्सले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशनसम्बन्धी कार्य गर्न  सञ्चालक समितिलाई अख्तियारी दिने, फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा छन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फाइनान्सले २२ पुसमा बुकक्लोज गर्ने भएको छ । यसर्थ, २१ पुससम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र फाइनान्सको सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको