Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेन्टले पौषमा एजीएम गर्न नसक्ने, चैत्रसम्म गरिसक्ने प्रतिवद्धता

अर्थ संसार

बुधबार, २७ पुस २०७९, ११ : २६ मा प्रकाशित

गुहेश्वरी मर्चेन्टले पौषमा एजीएम गर्न नसक्ने, चैत्रसम्म गरिसक्ने प्रतिवद्धता

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरणहरुसहित वार्षिक साधारण सभा गर्न स्वीकृतीका लागि नियमानुसार नेपाल राष्ट्र बैंकमा पेश भएकाेमा राष्ट्र बैंकबाट पाैष २२ गते मात्रै स्वीकृती प्राप्त भएकाे हुँदा कम्पनीकाे वार्षिक साधारण सभा पौष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ । 

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

63be4d4b22fee.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको