Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न गुहेश्वरी मर्चेन्टले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, ११ : ३६ मा प्रकाशित

लाभांश पारित गर्न गुहेश्वरी मर्चेन्टले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे माघ २ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ २० गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ १९ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

63c637c752c18.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको