Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा गुहेश्वरी मर्चेन्टकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

विहीबार, १९ माघ २०७९, १६ : २६ मा प्रकाशित

नेप्सेमा गुहेश्वरी मर्चेन्टकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

कम्पनीकाे ६.५० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ४२ रूपैयाँ ७२ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ । नेप्सेले बिहीबारकाे अन्तिम काराेबार मूल्य ३ सय ६५ रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे ।

कम्पनीकाे माघ २ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको २१औँ वार्षिक साधारण सभा माघ २७ गते, शुक्रबार गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्षकाे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र ०.३४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको