Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको निर्देशनपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांस संशोधन

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, १० : ३६ मा प्रकाशित

राष्ट्र बैंकको निर्देशनपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको लाभांस संशोधन

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले गत घोषणा गरेको लाभांसमा संशोधन गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.३७ प्रतशित नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमा पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले संशोधन गरेर ६.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०।३४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। 

नेपाल राष्ट्र बैंकबाट नियमनकारी कोषमा समायोजन गरी वित्तीय प्रतिवेदन पुनः पेश गर्न निर्देशन दिएपछि फाइनान्सले लाभांश संशोधन गरेको हो। 

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको