Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १६ : ५४ मा प्रकाशित

नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नाे खल्ती वालेट लोड गर्न सक्नेछन् ।

त्यसैगरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेकाे छ । आफ्नाे डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको