Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, ०७ : २७ मा प्रकाशित

१५ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ बैंकले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

सिद्धार्थ बैंक लिमिटेडले लाभांश पारितको मुख्य एजेन्डा सहित साधारणसभा आह्वान गरेको छ ।  बैंकको पौष ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पौष ३० गते बिहान ११ बजे शुरु हुनेछ । 

सभाले सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै सभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा(नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ  । 

त्यस्तै बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पौष १८ गते १ दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पौष १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61c526612e95b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको