Like us!
Follow us!
Connect us!
Watch us!

फेरियो निर्मल प्रधानको बोली, घर बेचेरै भएपनि सेयर किन्न सुझाव

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १४ : २४ मा प्रकाशित

फेरियो निर्मल प्रधानको बोली, घर बेचेरै भएपनि सेयर किन्न सुझाव

केहि समय अघिको एक अन्तरवार्तामा सेयर बेचेर घर घडेरी किन्न सुझाव दिएका ठुला लगानीकर्ता निर्मल प्रधानले अब लगानीकर्ताहरुलाई भएको घर घडेरी बेचेर भएपनि सेयरमा लगानी गर्न सुझाव दिएका छन् । 

नेपालको सेयर बजारमा आएको पछिल्लो करेक्सनले बजारलाई खरिदको अवसर दिएको भन्दै प्रधानले अहिले भनेको सेयर बजारमा प्रवेश गर्न चाँहानेहरुका लागि उक्तम र कम जोखिमको समय बताएका हुन् । उनले भने अहिले भएको घर घडेरी बेचेरै भएपनि सेयर किन्ने समय भएको छ , अहिले गरेको लगानीले केहि समयमा नै २-४ वटा घर किन्न सक्ने गरी प्रतिफल दिन सक्छ त्यसैले अहिलेको समय ढुक्कले लगानी गर्ने समय हो । 

"३२ सय भन्दा माथि पुगेको इन्डेक्सलाई अहिलेको अवस्थासम्म पुर्याउने सम्पुर्ण श्रय गभर्नर सावलाई नै जान्छ, तर अबको अवस्थामा ४ १२ कै कारणले बजारलाई प्रभाव पार्ने अवस्था मैले देख्दैन मैले १ अर्ब भन्दा बढि सेयर कर्जा लिने ६ जना साथिहरुसंगै नै कुरा गरेको छूँ वहाहरु सबैजना अहिले सेयर कर्जाकै कारण सबै सेयर बेच्ने आत्तिने अवस्थामा हुनुहुन्न" प्रधानले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको